महोत्तरी, २० असार रासस

हेर्दाहेर्दै पानीको तीव्र बहावले घर ढलेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरका उपेन्द्र कापर बेघर भएका छन् । गत मङ्गलवारदेखि लगातार परेको पानीले डुबानमा परेको घर शनिवार गल्र्यामगुर्लुम ढलेपछि कापरको परिवार बिचल्लीमा परेको छ । कापरसँगै सो बस्तीका १५० भन्दा बढी घर डुबानमा परेका छन् ।

लगातारको वर्षाले कच्ची घर बुधवार नै डुबेको कापरले बताए । बर्खामा घर ढल्दा बिजोग त भयो नै, बालबच्चा यो बर्खामा कहाँ राख्नु रु” कापरले भने, धन्न कसैलाई ढलेको घरले थिचेन ।” डुबानमा परेको घर ढल्न सक्ने छनक आफूले पाएपछि सचेतता अपनाउँदा ज्यान भने बाँचेको कापरको भनाइ छ ।

बस्तीका मुसहर, चमार र मुसलमानका घर रहेका टोल डुबानमा बढी परेका छन् । जिल्लामा यसपालि गत मङ्गलवारदेखि शनिवारसम्मको अविरल वर्षाले सयौं पराले झुप्रा लडाएर बिल्लबाठ बनाएको छ । जिल्लामा गहिरा ठाउँका र नदी किनारछेउका बस्ती धेरै डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रमा बलवा नगरपालिकाका भगवतीपुर, भलनी, लेउरी, बञ्चौरी, भङ्गाहा नगरपालिका कविलाषा, सिङ्ग्याहीलगायतका बस्ती रातु नदीको बाढीले डुबानको जोखिममा छन् । त्यसैगरी, जलेश्वर नगरपालिकाका धवौली, मलिबारा, महोत्तरी गाउँपालिकाका अनैठा, रतबारा, एकडारा गाउँँपालिकाका बगेवासहितका बस्तीमा रातुले ताण्डव मच्चाउँदै आएको जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंह बताउँछन् ।

यसैगरी, जिल्लाको पूर्वी भेग भएर बग्ने कुटमेश्वरी नदी लोहारपट्टी नगरपालिकाको कविरगामा, महोत्तरी गाउँपालिकाको पर्सामोड, अलिपट्टी, जलेश्वर नगरपालिकाको लोचना, मटिहानी नगरपालिकाका सिमरदही र धिरापुरसहितका बस्ती तहसनहस गर्दै भारत पस्दछ । जिल्लामा रातु, जङ्घा, मरहा, ओक्सी, कुटमेश्वरी र बाँके बर्खामा धेरै कटान र डुबान गराउने नदी हुन् । मरहा र बाँकेले गौशाला नगरपालिका र सोनमा गाउँपालिकाका दर्जनौं बस्ती बर्सेनि कटान र डुबान गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here