प्रस, वीरगंज, १९ असार/

सङ्घीयसभा विघटनविरुद्ध आन्दोलनरत राजनीतिक दलको बैठक शनिवार वीरगंजमा सम्पन्न भएको छ। जारी आन्दोलनलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ।

बैठकले सङ्घीयसभा विघटनको विरोधमा एकताबद्ध रहेका पाँच राजनीतिक दलको केन्द्रीय निर्णय अनुसार जिल्ला सङ्गठन पनि अगाडि बढ्ने निर्णय गरेको छ।

त्यसैगरी, यही असार १६ गते सरकारविरुद्ध सडकमा उत्रेका विद्यार्थीमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै भत्र्सना गरेको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए।

बैठकमा नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति प्रकाशकुमार उपाध्याय, नेकपा माओवादी केन्द्रका छोटेलाल यादव, नेकपा एमाले (माधव) समूहका पर्सा अध्यक्ष बालगोपाल थापा, राष्ट्रिय जनमोर्चाका छोटेलाल साह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here