प्रस, वीरगंज, १९ असार
नेपाल एसबिआई बैंक लिमिटेड वीरगंज आदर्शनगर शाखाका कर्मचारीहरूले कार्यालय समयपछि विरोध प्रदर्शन गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन अभिसन्धि १९४९ ९नं ९८०को नागरिकको मौलिक हक तथा श्रम ऐनको मर्मविपरीत बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरूको ‘राइट टु अर्गनाइज एन्ड कलेक्टिभ बार्गेनिङ’को हक कुण्ठित हुनेगरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएको भन्दै सोको विरोधमा प्रदर्शन गरिएको वीरगंज शाखाका कर्मचारी नवीन ओझाले बताए।
उनले भने,पाँच वर्ष काम गरेपछि, अब काम गर्न मन छैन वा कुनै परिस्थितिवश काम गर्न सकिएन र रोजगारदाताबाट छुट्टिंदा सामाजिक सुरक्षा कोषमा जम्मा गरेको सञ्चयकोषको रकमसमेत फिर्ता चाहेको खण्डमा एकमुस्ट किन नपाउने रु यसअलावा आगामी आव २०७८र७९ को साउन महीनादेखि सेवामा आउने कर्मचारीले ३० वा ४० वर्ष जुनसुकै उमेरमा स्वेच्छिक अवकाश लिए पनि जम्मा भएको रकम प्राप्त गर्नको लागि ६० वर्ष पुग्नै पर्ने प्रावधान गलत हो।”
बैंक कर्मचारीहरूले पहिलेदेखि खाइपाइ आएको सेवासुविधा घटने र तीन दशक लामो सङ्घर्षबाट प्राप्त उपलब्धि कुण्ठित हुने भएकोले कर्मचारीहरूले बाध्य भई आन्दोलन गर्नुपरेको अर्का कर्मचारी राजीव भट्टराईले बताए। उनले भने, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले विगत दुई वर्षदेखि उठाएका विषयहरू योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, विनियम र कार्यविधिमा रहेका अमिल्दा व्यवस्थाहरू संशोधन नगरी बलजफ्ती ल्याइकोले हामी बाध्य भएर आन्दोलनमा उत्रेका छौं।”