प्रस, वीरगंज, १८ असार/
वीरगंज उद्योग वाणिज्य सङ्घ र जनकपुर उद्योग वाणिज्य सङ्घबीच शुक्रवार वीरगंजमा अन्तत्र्रिmया भएको छ। जनकपुर उवासङ्घका अध्यक्ष जीतेन्द्र महासेठको नेतृत्वमा शुक्रवार वीरगंज आएको अध्ययन, अवलोकन भ्रमण टोलीसँग वीउवासङ्घले वीरगंज र जनकपुर उवासङ्घबीच अन्तक्र्रिया गरेको हो।
सङ्घका कार्यवाहक अध्यक्ष हरिप्रसाद गौतमले जनकपुरबाट आएको टोलीलाई स्वागत गरेका थिए। उनले वीउवासङ्घको पृष्ठभूमिको जानकारी गराउँदै गण्डक–पथलैया औद्योगिक कोरिडोरमा रहेका उद्योगले राष्ट्रिय अर्थतन्त्रमा पु–याएको योगदानबारे चर्चा गरेका थिए।
उनले राजस्वको आधा हिस्सा यो क्षेत्रले बेहोर्दै आएको जानकारी दिए। उनले राजस्वमा आधा हिस्सेदारी भएपनि सरकारी दृष्टिकोण यो क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाए। कावा अध्यक्ष गौतमले जनकपुर र वीरगंजले समान समस्या भोगिरहेको भन्दै साझा समस्या समाधानमा साझा प्रयत्न आवश्यक रहेको औंल्याए।
जउवासङ्घका अध्यक्ष महासेठले नेपालको जेठो उवासङ्घ वीरगंज भएको र यसले शुरूदेखि उद्योग–व्यापार क्षेत्रमा उल्लेख्य योगदान पु–याएको बताए। अध्यक्ष महासेठले अध्ययन, अवलोकन भ्रमणको उद्देश्य दुवै सङ्घबीच आपसी सम्बन्ध विस्तार र विभिन्न विषयमा सहकार्य गर्ने रहेको बताए। उनले अवलोकन भ्रमणमा विभिन्न मुद्दाको पहिचान गरी सोको साझा समाधानको उपाय खोजिने जानकारी गराए।
सो क्रममा उनले जनकपुरमा १३ वटा ठूला उद्योग रहेको र त्यहाँ साना घरेलु उद्योगको बाहुल्यता रहेको बताए। उनले साना घरेलु उद्योगको प्रवद्र्धनमा संस्थागत भूमिकाबारे पनि अवलोकन भ्रमणमा अध्ययन, अनुसन्धान भइरहेको जानकारी गराए।
नेपाल उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले क्षेत्रीय विकासको लागि सङ्घहरूबीच समन्वय र सहकार्यको आवश्यकतामाथि जोड दिए। उनले यसका लागि प्रदेश उवासङ्घले प्रभावकारी भूमिका खेल्ने बताए।
कार्यक्रममा वीउवासङ्घका महासचिव मनोजकुमार दासले धन्यवाद ज्ञापन गरेका थिए।