बेरुत, १८ असार/सिन्ह्वा

लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ । संयुक्त राष्ट्रसङ्घ बालकोष (युनिसेफ)ले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कमा अघिल्लो महीना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ ।

“खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन, खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ, यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ,” लेबनानका लागि युनिसेफका प्रतिनिधि युकेइ मोकौले भने । “लेबनानका दशमध्ये एक बालबालिका काममा जाने गरेको पनि पाइएको छ । कुल ४० प्रतिशत बालबालिकाको परिवारजनको रोजगार छैन । तीमध्ये ७७ प्रतिशत परिवारले कुनै पनि सामाजिक तथा सरकारी सेवा सुविधा तथा राहत पाएका छैनन्,” युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।

लेबनानको कुल १५ प्रतिशत परिवारले बालबालिकाको पढाइ रोकिदिएको पनि प्रतिवेदनमा उल्लेख छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here