प्रस, वीरगंज, १७ असार/

अल लायन्स क्लब वीरगंजले अन्तर्राष्ट्रिय लायन्स दिवसको अवसरमा बिहीवार वीरगंजका चार स्थानमा खाजा खुवाएको लायन्स क्लब अफ वीरगंज मिलेनियमका अध्यक्ष सुमन श्रेष्ठले बताए। नारायणी अस्पताल वीरगंजमा बिरामी र कुरुवालाई खाजा खुवाइएको थियो।

यसैगरी, छपकैयास्थित यतीमखानामा आश्रित ४० जना बालकलाई खाजा खुवाइएको थियो। त्यस्तै, आदर्शनगरस्थित आमाको माया छात्रावास र श्रीपुरस्थित मानव सेवा आश्रममा दिवा खाजा खुवाइएको अध्यक्ष श्रेष्ठले बताए।

कार्यक्रममा लायन्सका सुधा कार्की, विजय कुशवाहा, आसमा सिंह यादव, भगवती सिग्देललगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here