प्रस, वीरगंज, १६ असार

पाँच विद्यार्थी सङ्गठनको आयोजनामा बुधवार देशव्यापीरूपमा संसद् विघटनविरुद्ध गरिएको प्रदर्शन वीरगंजमा पनि भएको छ।

संयुक्त विद्यार्थी सङ्गठनमा आबद्ध पाँचवटा विद्यार्थी सङ्गठनले वीरगंजको घण्टाघर, मीनाबजार, महावीरस्थान, माईस्थान, गीतामन्दिर रोडबाट प्रदर्शन गरेका थिए ।

सो क्रममा विद्यार्थीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरे। पुतला दहनमा प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा दुईजना विद्यार्थी घाइते भएको अखिलका प्रभाकर गुप्ताले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here