प्रस, वीरगंज, १६ असार/

वीरगंजमा कोरोना सङ्क्रमण नियन्त्रणमा उन्मुख देखिएपछि नारायणी अस्पतालमा बहिरङ्गसहितको अन्य सेवा शुरू हुने भएको छ। असार १८ गते शुक्रवारदेखि ओपिडी सेवासहित अन्य सेवा सञ्चालन गरिने नारायणी अस्पतालका निमित्त मेसु डा वीरेन्द्र प्रधानले जानकारी गराएका छन्।

उनले विज्ञप्ति जारी गर्दै बिहान ९ देखि ११ बजेसम्म ओपिडी टिकट काटिने र प्रारम्भिक चरणमा दैनिक २५ जना बिरामीलाई चेकजाँच गरिने जानकारी गराए। अस्पतालले अन्य विशेषज्ञ सेवामा हार्डजोनी, मुटुरोग, बालरोग, स्त्री तथा प्रसूति, नाक, कान, घाँटी, मेडिसिनलगायत सेवा प्रदान गर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here