अबुधाबी, १६ असार सिन्ह्वा

इजरायलका विदेशमन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स ९युएई० मा आएका छन्। खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

इजरायली विदेशमन्त्री लापिड मङ्गलवार युएई आइपुगेका हुन्। उनको भ्रमण टोलीमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उश्पीजसहितका सरकारी उच्च अधिकारीहरू छन्। दुई दिने औपचारिक भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता पनि गर्ने विदेश मन्त्रालयले जानकारी दिएको छ।

भ्रमणका क्रममा उनले युएईको राजधानी अबुधाबीमा स्थापना हुने इजरायली दूतावासको भवनको उद्घाटनसमेत गर्ने भएका छन्। दुतावाससँगै दुबईको कन्सुलेटसमेत शुरुआत गरिने भएको छ। यस अडिट पार्टीका नेतासमेत रहेका विदेशमन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्तिसमेत हुन्।

इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here