फ्लोरिडा, १६ असाररएएनआई
संयुक्त राज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको सङ्ख्या १२ जना पुगेको छ। मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरूको खोजी कार्य जारी छ।
मेयर काभाले पछिल्लोपटक मङ्गलवार साँझ दिएको वक्तव्यमा बेपत्ता हुनेको सङ्ख्या अझै यकीनका साथ बताउन कठिन भइरहेको जानकारी दिए। उद्धारकर्ताहरूले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्य कठिन भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्फसाइडमा भएको उक्त दुर्घटनास्थलको बिहीवार निरीक्षण गर्ने भएका छन्।
गत बिहीवार मियामी समुद्र किनारामा रहेको एउटा ठूलो भवन एक्कासि भत्किएको थियो। भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन। तर सन् २०१८ मा दिइएको प्रतिवेदनले भवनको संरचनामा कमजोरी रहेको देखाएको छ। रासस