प्रस, वीरगंज, १६ असार

सखुवाप्रसौनी गाउँपालिकाको आयोजनामा बुधवार सम्पन्न रक्तदान कार्यक्रममा पाँचजना महिलासहित १०५ जनाले रक्तदान गरेका छन् । महुवनमा आयोजित रक्तदान कार्यक्रममा गापा अध्यक्ष्F प्रदीप जैसवालले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

सो अवसरमा उनले गापामा रगत आवश्यक भएका बिरामीहरूलाई रक्तसञ्चार केन्द्र वीरगंजबाट निश्शुल्क रगत उपलब्ध गराउने बताए। उनले सो प्रयोजनको लागि रक्तसञ्चार केन्द्रलाई रु २ लाख उपलब्ध गराउने घोषणा गरे। २ लाख रकमबाट गापामा रगत आवश्यक भएका बिरामीहरूले निश्शुल्क रगत लिन पाउने उनले बताए।

रक्तदान कार्यक्रममा राम दिनेश, अशोक यादव, चन्दन साह, मीरादेवी कलवार, दिव्या कुमारी, बबिता जैसवाल, मुन्ना जैसवाल, नरेश साहलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख उदयराज शर्माले बताए। यसअघि बहुदरमाई नपाले आफ्नो नपाका बिरामीहरूलाई निश्शुल्क रगत उपलब्ध गराउन रक्तसञ्चार केन्द्र वीरगंजलाई रु १ लाख सहयोग गरेको प्रमुख शर्माले बताए।

केन्द्रमा रगत निश्शुल्क उपलब्ध गराइए पनि रगत जाँचका लागि प्रतिपिन्ट रु १ हजार ५० लाग्ने गरेको छ। दुईवटा पालिकाले आफ्नो पालिकाका रगत आवश्यक भएका बिरामीहरूको हकमा निश्शुल्क व्यवस्था गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here