प्रस, वीरगंज, १५ असार/

ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले औषधि सेवा मड्डलवारदेखि बन्द गरेको छ। निषेधाज्ञा लागू भएको पाँचौं दिन वैशाख २० गतेदेखि औषधि सेवा शुरू गरेको र असार १४ गतेसम्म सेवा दिई आजदेखि सेवा बन्द गरेको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए।

यस अवधिमा ५ हजार ५ सयजनालाई औषधि सेवा प्रदान गरिएको बताए। निषेधाज्ञा लागू भएको कारण भारतबाट आवश्यक औषधि ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा सेवा दिएको बताए। उनले अहिले निषेधाज्ञा खुकुलो भएको कारण सेवा स्थगित गरिएको र आवश्यक परे पुनः सेवा सुचारु गर्ने बताए।

यसअघि पहिलो कोरोनाको लहरमा ग्रीन सिटीले औषधि सेवा ६ हजार मानिसलाई प्रदान गरेको अध्यक्ष खेतानले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here