प्रस, ठोरी, १५ असार/
ठोरी गाउँपालिका–३ मा कुशन, डल सीप विकास तालीम मड्डलवार सम्पन्न भएको छ।
गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत ठोरी गापाको आयोजनामा वैशाख १४ देखि शुरू भएको तालीम जेठ २ गतेसम्म सकिनुपर्नेमा निषेधाज्ञाका कारण आज सम्पन्न भएको हो ।
ब्रह्मनगर, नयाँबस्तीमा आयोजित तालीममा सहभागीहरूलाई कुशन, डललगायतका सामग्री बनाउन प्रशिक्षक जमुना खड्काले प्रशिक्षण दिएकी थिइन् । तालीम समापन कार्यक्रममा ठोरी गापा अध्यक्ष पद्मलाल श्रेष्ठले महिलाहरूको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्न विविध कार्यक्रम गर्दै आएको बताउँदै तालीमबाट सिकेको सीपलाई व्यवसायमा लगाउन आग्रह गरे ।
वडाध्यक्ष सूर्य लामाले तालीमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न जोड दिए। कार्यक्रममा नेरामावि ओडारका विव्यस अध्यक्ष बलबहादुर श्रेष्ठ, शिक्षक गोकुल प्रधानलगायतको सहभागिता थियो ।