बगदाद, १४ असार/सिन्ह्वा

इराकको राजधानी बगदादमा मध्यपूर्वी देशहरू इराक, इजिप्ट र जोर्डनका नेताहरूको आइतवार त्रिपक्षीय भेटवार्ता भएको बताइएको छ । आइतवारका दिन इराकका प्रधानमन्त्री मुस्तफा अल कादिमी, इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र जोर्डनका राजा अब्दुल्लाह द्वितीयबीच वार्ता भएको बताइएको छ ।

सो वार्ता इराकका प्रधानमन्त्री मुस्तफाको अग्रसरतामा भएको पनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । त्यस भेट तथा वार्ताका क्रममा उनीहरूले आपसी आर्थिक साझेदारी र विकासलाई अझ सुदृढ बनाउने र सुरक्षाको विषय तथा क्षेत्रीय स्थायित्वबारे कुराकानी गरेको समाचारमा जनाइएको छ ।

सो भेटवार्तापछि आइतवार इराकी प्रधानमन्त्री मुस्तफाको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– यो हामीहरूले गरेको भेटघाटले खासमा हामी एक छौं र हामीले आवश्यकता अनुसार एक आपसमा सहयोग आदानप्रदान गर्न सक्छौं भन्ने हो ।

साथै विज्ञप्तिमा, यी तीन देशका नेताहरूको उक्त भेटघाटले आफ्ना देशका जनतालाई आवश्यक परेको सहयोग गर्ने र त्यसका लागि हामीहरू तयार छौं भनेर पनि सन्देश दिन खोजेको जनाइएको छ ।

त्यस विज्ञप्तिमा हालैका दिनमा यी तीनवटा देशले सामना गरिरहेका चुनौतीहरूको समाधानका लागि सामूहिक पहल गरिने जानकारी पनि दिइएको छ । खासमा यी तीन देशले हाल कोभिड–१९ को समस्या झेल्नुपरिरहेको बताइएको छ । पछिल्ला दिनमा यी देशमा कोभिडले नराम्ररी असर गरिरहेको छ ।

जारी कोभिड १९ समस्याका कारण ती देशहरूको आर्थिक अवस्था निकै कठिनरूपमा गुज्रिरहेको र उनीहरूले आतङ्कवादका कारण सुरक्षाका क्षेत्रमा पनि चुनौती भोग्नुपरेको विज्ञप्तिमा जनाइएको छ । त्यसैले यी नेताहरूले जारी ती सबै समस्या समाधानका लागि एकताबद्ध भएर लाग्ने कुरामा प्रतिबद्धता व्यक्त गरेको पनि बताइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here