मोगादिसु, १४ असार/सिन्ह्वा

सोमालियामा आइतवार भएको एक आत्मघाती कार–बम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकारी दिएको छ ।

सेनाले दिएको जानकारी अनुसार यहाँको अल सबाब आतङ्ककारी समूहले कार–बम हमला गराएको थियो । सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश अल सबाबकै लडाकू रहेका छन् । त्यसैगरी अन्य केही स्थानमा सेनाले गरेको कारबाहीमा पनि अल सबाबका लडाकूहरू मारिएका थिए ।

यस क्रममा यहाँको सेनाका तीनजना अधिकारी पनि अल सबाबको आक्रमणमा परी मारिएका छन् भने अरू केही घाइते भएका छन् । कतिपय स्थानमा अल सबाबका लडाकूहरूले गरेका हमलामा परी अरू कैयौं सर्वसाधारण व्यक्ति घाइते भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here