प्रस, परवानीपुर, १२ असार/
चट्याङ लागेर पर्सामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा जिल्ला जीराभवानी गाउँपालिका वडा नं ३ जीतपुर टोल बस्ने ६५ वर्षीय राजेश्वर साह तेली रहेका छन्।
शनिवार बिहान करीब साढे ७ बजे खेतमा काम गर्ने क्रममा चट्याङ लागेर घटनास्थलमैं उनको मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराए। उनको शव शल्यपरीक्षणका लागि नारायणी अस्पताल वीरगंज ल्याइएको छ।
यसैगरी आज बिहान ७ः३० बजे चट्याङ लागेर रौतहट जिल्ला परोहा नगरपालिका–२ जिगडवा निवासी मोहम्मद अबुलेशका ३५ वर्षीय छोरा शेख जमशेदको निधन भएको छ भने एकजना महिला पनि घाइते भएकी छन्।