टोकियो/एएनआई

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने सम्भावना रहेको दाबी गरिएको छ । जापानका स्वास्थ्यमन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्काेपटक सङ्कटकाल घोषणा गर्न सक्ने बताएका छन् ।

उनले कोरोना भाइरसको महामारी अपेक्षितरूपमा न्यूनीकरण नभएमा र टोकियो ओलम्पिकलाई बाधा नपुगोस् भन्ने उद्देश्यले फेरि सङ्कटकाल लगाउन सक्ने शुक्रवार बताए ।

जापानको राजधानीसमेत टोकियो महानगरपालिकाभित्र मात्रै बिहीवार एक दिनमा ५७० जना नयाँ सङ्क्रमित भेटिएका छन् । अहिलेको अवस्था हेर्दा सङ्क्रमितको सङ्ख्या थप बढ्दै जाने देखिएको पनि उनले पत्रकारहरूलाई जानकारी दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here