बेइजिङ, ११ असार/सिन्ह्वा

चीनको तिब्बतको राजधानी ल्हासा र तिब्बतकै पूर्वी शहर निङ्ची जोड्ने रेलवे सेवा शुक्रवार शुरू भएको छ । चिनियाँ स्टेट रेलवे ग्रुपका अनुसार ल्हासादेखि निङ्ची जोड्ने यो रेलसेवा ४३५ किलोमिटरको छ । तिब्बती पठारमा निर्माण भएको यस पहिलो विद्युतीय रेल १६० प्रतिकिलोमिटर गतिमा गुड्न सक्ने व्यवस्था मिलाइएको छ ।

चिनियाँ मुख्य भूभागमा तीव्र गतिका बुलेट ट्रेन चलिरहेको फुक्सिङ कम्पनीले नै पछिल्लो रेलसेवा शुरू गरेको छ । अब चीनका सबैजसो क्षेत्रमा फुक्सिड्ढो सेवा विस्तार भएको छ । दक्षिणपूर्वी तिब्बतलाई जोड्ने यो ऐतिहासिक क्षण भएको चिनियाँ रेलसेवाले जनाएको छ ।

यस तीव्र गतिको रेलमार्फत ल्हासाबाट यात्रीहरू शान्नान शहर ७० मिनेटमा पुग्न सक्नेछन् भनेर निङ्ची साढे तीन घण्टामा पुग्न सक्नेछन् । रेलमार्गको ९० प्रतिशतभन्दा बढी हिस्सा समुद्र सतहभन्दा तीन हजार मिटरमाथि रहेको छ । यो रेलमार्ग सन् २०१४ मा निर्माण शुरू भएको थियो भने सन् २०२० को अन्त्यसम्ममा ट्र्याक (लिक) बिछ्याउने कार्य सम्पन्न भएको थियो ।

ल्हासा–निङ्ची रेलमार्ग हाल निर्माणाधीन सिचुवान–तिब्बत रेलमार्गकै हिस्सा हो । यो रेलमार्गले ल्हासालाई छिमेकी सिचुवान प्रान्तको राजधानी चेङ्दुलाई जोड्नेछ । साथै दक्षिणपश्चिम युनान प्रान्त र तिब्बत जोड्ने प्रस्तावित रेलमार्ग पनि यी रेलमार्गमा आबद्ध हुनेछन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here