प्रस, वीरगंज, ११ असार/
खरीद बिल नदेखाएको र अनुगमनमा असहयोग गरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्ष्ण कार्यालय वीरगंजले तीनवटा पसललाई कारबाई गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजको नेतृत्वमा वीरगंज उद्योग वाणिज्य सङ्घ, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयसमेतको टोलीले वीरगंज–१२ मा रहेको माँ दुर्गा एग्रो इन्टरप्राइजेजलाई खरीद बिल नदेखाएको कसूरमा उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कसूर ठहर गरी सोही ऐनको दफा ३९ बमोजिम रु ५ हजार जरिवाना गरिएको उपभोक्ता संरक्षण कार्यालय वीरगंजका निमित्त प्रमुख जीतबहादुर भण्डारीले बताए ।
यसैगरी, वीरगंज–१२ मा रहेको दुर्गा सीड सेन्टरलाई रु ५ हजार र वीरगंज–१५ मा रहेको सरस्वती टेडर्सलFई रु २० हजार जरिवाना गरिएको निमित्त कार्यालय प्रमुख भण्डारीले जानकारी गराए ।
उनीहरूलाई सात दिनभित्र जरिवानाको रकम बैंक दाखिला गरी भौचर कार्यालयमा पेश गर्न निर्देशन दिइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका सूचना अधिकारी दिलीपखङ्ग खत्वेले बताए ।