प्रस, रौतहट, १० असार/

रौतहटको मौलापुर नगरपालिकाको नगरसभा दुई पक्षबीचको तनावका बावजूद सम्पन्न भएको छ।  नगरसभा सम्पन्न हुन नदिनका लागि एमालेका माधव नेपाल र जसपाका उपेन्द्र यादव समूह र नेपाली काङ्ग्रेसका कार्यकर्ताले बिहानैदेखि तनाव सिर्जना गरेका थिए।

उनीहरूको विरुद्ध नगरप्रमुख रीमादेवी साह र उनका पति पूर्वमन्त्री प्रभु साहबीच निकै घम्साघम्सी भयो। दुवै पक्षबीच नगरसभाबाहिर भिडन्त भएपछि प्रहरीले बल प्रयोग गरेको थियो। दुवै पक्षबीचको तनाव साम्य पार्न प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार ग–यो।

भिडन्तमा नेपाल–यादव समूह र नेपाली काङ्ग्रेसका दर्जनभन्दा बढी कार्यकर्ता घाइते भए भने साह पक्षका पनि दुई/चार जना घाइते भए। प्रहरीतर्फ पनि दुईजना घाइते भएको थाहा हुन आएको छ।

घटनास्थलमा ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएका थिए। बिहानदेखि सुरक्षाकर्मी तैनाथ भएपनि साँझसम्म मौलापुरको अवस्था तनावपूर्ण रह्यो।

विवाद र विरोधका बावजूद नगरसभा बहुमतले पारित भएको छ। नगरप्रमुखतर्फ ३४ र विपक्षमा १३ जनाले हस्ताक्षर गरेका थिए। नगरसभाको उद्घाटन पूर्वमन्त्री प्रभु साहले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here