प्रस, वीरगंज, १० असार/

बाराको पचरौता नगरपालिकाको नगरसभा सम्पन्न भएको छ। नगरप्रमुख रमेशकुमार यादवले नगरसभाको उद्घाटन गर्दै आव २०७८/७९ को नीति तथा कार्यक्रमसहित रु ४५ करोड ८८ लाख २४ हजारको बजेट प्रस्तुत गरेका थिए।

चालूतर्फ ३१ करोड र पूँजीगततर्फ १३ करोड बजेट रहेको उनले बताए। नीति तथा कार्यक्रममा नगरपालिकाभित्रको कृषि मिटरको महसूल नगरपालिकाले बेहोर्ने घोषणा गरेका थिए भने स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, शिक्षा, खेलकूद, भौतिक विकास, विपद् व्यवस्थापनलगायतका विषयहरू नीति तथा कार्यक्रममा रहेको र सोहीअनुरूपको बजेट निर्माण भएको नगरप्रमुख यादवले बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव, लेखा अधिकृत हासिम अन्सारी, योजना प्रमुख अरबाज अन्सारी, प्रहरी निरीक्षक दीपक सुवेदी, वडाध्यक्ष, सदस्यहरूलगायतको सहभागिता थियो।
कार्यक्रमको सञ्चालन प्रमोदप्रसाद यादवले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here