प्रस, वीरगंज, १० असार/

बाराको सुवर्ण गाउँपालिकाको सातौं गाउँसभा बिहीवार सम्पन्न भएको छ। गापा उपाध्यक्ष्F बबितादेवी यादवले नीति तथा कार्यक्रम र आव २०७८/७९ को लागि रु ३७ करोड १ लाख १५ हजारको बजेट प्रस्तुत गरेकी थिइन्। गाउँसभाको उद्घाटन प्रदेशसभा सदस्य बच्चाप्रसाद यादवले गरेका थिए। उनले नीति तथा कार्यक्रमले गापाको सबै क्षेत्रलाई समेटेको बताउँदै विनियोजित बजेट उद्देश्यपरकरूपमा एक वर्षभित्र सम्पन्न गर्न सुझाव दिए।

नीति तथा कार्यक्रम र विनियोजित बजेट उत्साहपूर्ण देखिए पनि कार्यान्वयन पक्ष सर्वत्र फितलो हुने गरेकाले सुवर्ण गापाले त्यसो नगरी उद्देश्यपरक काम गर्न उनले सुझाव दिए। गापाका अध्यक्ष महेन्द्रप्रसाद यादवले २० वर्षमा नभएको काम आफ्नो कार्यकालमा ४ वर्षमा पूरा गरेको दाबी गरे। उनले गाउँसभामा आएका सबै सुझाव, सल्लाहलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तव, वडाध्यक्षहरूले गाउँसभा सफलताको लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण जगत यादवले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here