राधेश्याम पटेल, वीरगंज, १० असार/
वीरगंजका मदिरा व्यवसायीहरूले मदिरा व्यवसाय सञ्चालन गर्न प्रशासनले अनुमति दिनुपर्ने बताएका छन्। वीरगंजमा पछिल्लो समय कोरोना महामारीको दोस्रो लहर नियन्त्रणोन्मुख देखिएकोले स्वास्थ्य मापदण्ड पालना गरी मदिरा व्यवसाय खोल्न दिनुपर्ने उनीहरूको माग छ।
नेपाल मदिरा व्यवसायी सङ्घ वीरगंजका अध्यक्ष रामाधार सर्राफले करीब दुर्ई महीनाको निषेधाज्ञाले व्यापार चौपट भएपछि नराम्ररी प्रभावित भएको बताएका छन्। उनका अनुसार वीरगंजमा मदिरा व्यवसायमा अर्बौं रुपियाँको लगानी भए पनि पौने दुर्ई महीनादेखि पसल तथा व्यवसाय ठप्प हुँदा बैंकको ब्याज, घरभाडा, कर्मचारीलगायतको खर्च र कर्मचारीको परिवारमा पनि आर्थिक सङ्कट देखिएको बताए।
वीरगंजमा करीब ९० वटा थोक र २५ सय खुद्रा बिक्रेता छन् र त्यसमा संलग्न व्यवसायी, तिनका कर्मचारीलगायत प्रभावित भएका छन्। काम नगरेपछि कतिपय कामदारले तलब भत्ता नपाएको उनले बताए। व्यवसायीको पैसा बजारमैं फसेको कारण तलब खुवाउन नसकिएको उनले दुःखेसो पोखे। “हामीले त करोडौं रुपियाँ घाटा बेहोरिसक्यौं, हामीसँग कामदार पनि भोकै मरिरहेका छन्”–उनी भन्छन्–“साहुलाई बैंक ब्याज, घरभाडा, कर र तलबभत्ताको चिन्ता छ, व्यापार पूरै चौपट भइसक्यो, अब पनि व्यवसाय नखुल्ने हो भने सबै व्यवसायी पलायन हुनुपर्ने अवस्था आउँछ।
वीरगंजमा बिहान १० बजेदेखि ५ बजेसम्म खाद्यान्न र अत्यावश्यक सामग्री बिक्री गर्न समय तोकिएकोमा वीरगंजका होटल, रेस्टुरा, नाश्ता पसललगायत सञ्चालनमा नआउँदा मदिरा व्यवसाय धरापमा परेको उनले जनाए।
वीरगंजका मदिरा व्यवसायीहरूले मदिरा व्यवसाय नखोले चरणबद्ध आन्दोलनको कार्यक्रम तय गर्ने चेतावनीसमेत दिएका छन्। व्यवसायीहरूको टोलीले जिम्मेदार अधिकारीसमक्ष्F पटकपटक समस्या राख्दा पनि कोभिड १९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा छलफल नहुने गरेको व्यवसायीहरूको गुनासो छ। जानकारीमा आए अनुसार असार १५ पछि मदिरा व्यवसाय सञ्चालन गर्न दिने आन्तरिक तयारी भइरहेको छ।