प्रस, पोखरिया, १० असार/
पोखरिया नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न भएको छ। ज्येष्ठ नागरिक महिला सदस्य रवैया खातुनले नगरसभाको उद्घाटन गरेकी थिइन्। उद्घाटन समारोहमा उपप्रमुख सलमा खातुनले आव २०७८/७९ को लागि रु ४६ करोड ३० लाख ८२ हजारको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरिन्।
उनले चालूतर्फ रु ७ करोड १५ लाख ८६ हजार र पूँजीगततर्फ ३९ करोड १४ लाख विनियोजन गरिएको बताइन्। बजेटमा स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, शिक्षा, खेलकूद, भौतिक विकास, विपत् व्यवस्थापनलगायतलाई प्राथमिकतामा राखेको बताइन्।
नगरप्रमुख दीपनारायण रौनियारको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, वडाध्यक्षहरू लक्ष्मण साह कानू, बन्काराउत कुर्मी, अजयकुमार गुप्ता, नन्दलाल पटेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण लेखापाल मनोज तिवारीले गरेका थिए।