बेइजिङ, १० असार/रासस
चीनमा झन्डै तीन करोड २९ लाख ज्येष्ठ नागरिकले सरकारका तर्फबाट विभिन्न किसिमका राहत सुविधा प्राप्त गरेका छन्। सरकारले बिहीवार सार्वजनिक गरेको श्वेतपत्रमा मार्च २०२१ मा ज्येष्ठ नागरिकहरूले नर्सिङ सुविधासमेत पाएको उल्लेख छ।

चिनियाँ कम्युनिस्ट पार्टीको राज्य परिषद् कार्यालयद्वारा सार्वजनिक गरिएको मानव अधिकारसम्बन्धी दस्तावेजमा राज्यका सबै नागरिकलाई समान व्यवहार र सम्मान प्रदान गरिएको बताइएको छ। यसैबीच, एक करोड ४८ लाख ज्येष्ठ नागरिकले खाद्यान्न सहायता तथा अति कठिनाइको सामना गरिरहेका ३८ लाख ज्येष्ठ नागरिकलाई विशेष अनुदान सहायता प्रदान गरिएको छ।

सन् २०२१ को मार्च महीनामा चीनका तीन लाख ३० हजारभन्दा बढी संस्थाले ज्येष्ठ नागरिकका लागि अस्पतालहरूमा ८२ लाखभन्दा बढी शøया उपलब्ध गराएको पनि श्वेतपत्रमा उल्लेख छ। यसैगरी, चीनका जनताको औसत आयु सन् २०१९ मा ७७.३ वर्ष पुगेको पनि श्वेतपत्रमा जनाइएको छ। सन् १९४९ मा चीनमा औसत आयु ३५ वर्ष मात्र थियो।

मातृ तथा प्रसूति मृत्युदर पनि घटेको छ। प्राप्त विवरणमा प्रति एक लाखमा १७.८ मातृ मृत्यु रहेको छ भने शिशु मृत्युदरमा पनि प्रति एक लाखमा ५.६ रहेको छ। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here