प्रस, सप्तरी, ९ असार/
जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको टोलीले बैंकिङ कसूर मुद्दाका फरार एकजना अभियुक्तलाई बुधवार पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा सात लाख रुपैयाँ जरिवाना र दश दिन कैद हुने ठहरपश्चात् फरार सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं १२ अर्नाहा निवासी महमद युसुफलाई पक्राउ गरिएको हो ।
स्थानीय मो. हमिदको जाहेरीको आधारमा छानबीन गर्दा युसुफले बैंकिङ कसूर गरेको उच्च अदालत जनकपुरले गत चैत १९ गते ठहर गरेको थियो । दश दिन कैद र सात लाख रुपैयाँ जरिवाना हुने फैसला भएपछि उनी फरार थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र उच्च अदालतको डोर टोली गाउँमैं पुगेर युसुफलाई फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी गराए । अदालतले अभियुक्तलाई कैद, जरिवाना भुक्तानका लागि राजविराज कारागार पठाएको छ