प्रस, महोत्तरी, ९ असार/

महोत्तरी जिल्लाको गौशाला नगरपालिका–४ मल्हनियाँ पोखरीका ४३ घर दलित परिवारलाई राहत वितरण गरिएको छ । वैदेशिक रोजगारमा अरब मुलुकमा रहेका युवाहरूले ‘चुलो ननिभ्न’ भन्दै राहत पठाएका हुन् ।

कोभिड–१९ महामारीको कारण रोजगार गुमेर भोकै बस्नुपर्ने अवस्थाका मुसहर परिवारलाई राहत प्रदान गरिएको सामाजिक संस्था टाइगर समाज सेवा टीम गौशालाले जनाएको छ । वैदेशिक रोजगारको क्रममा अरब मुलुकमा कार्यरत महोत्तरी जिल्लाका ८० जना युवाले पठाएको दुई लाख रुपैयाँ रकमबाट समाज सेवा टीमले खाद्यान्न र सरसफाइका लागि अत्यावश्यक सामग्री खरीद गरी दलित परिवारलाई वितरण गरेको हो ।

वितरित सामग्रीमा प्रतिपरिवार चामल १५ किलो, दाल २ किलो, आलु ५ किलो, खानेतेल १ लिटर, नून १ किलो, चिउरा २ किलो र डिटोल साबुन ५ वटा रहेको सेवा टीमले जनाएको छ ।

साँझ र बिहान चुलो बल्न छाडेको अवस्थामा पाएको राहत आपूmहरूको लागि जीवनदान सरह भएको दलित बस्तीका ईन्द्रा सदा मुसहरले बताए । कोरोना महामारीको कारण बाहिर निस्कन नपाएपछि आफूहरूको ज्याला मजदूरी तथा रोजीरोटी गुमेकोले बिहान र बेलुका छाक टार्न समस्या परेको उनले बताए ।

युवाहरूले विदेशबाट पठाएको सहयोग रकमबाट जिल्लाका १०८ परिवारलाई प्रतिपरिवार रु दुई हजार बराबरको सामग्री नघट्ने गरी वितरण गर्न लागिएको सेवा टीमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here