निषेधाज्ञामा अटो सञ्चालन, भाडा महँगो

प्रस, पोखरिया, ९ असार/

वैशाख १६ देखि जारी निषेधाज्ञा असार १३ गतेसम्म कायम रहे पनि अहिले पर्साको ग्रामीण क्षेत्रमा सार्वजनिक सवारीसाधन अटो सञ्चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा अवधिमा सार्वजनिक सवारीसाधन सञ्चालनको अनुमति दिएको छैन । तर सरकारी तथा निजी कार्यालयहरू खुलेका, बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेकाले ग्रामीण क्षेत्रबाट वीरगंज सदरमुकाममा आउन समस्या भएपछि अटो सञ्चालनमा ल्याइएको बताइएको छ ।

नियमविपरीत अटो सञ्चालन भएपनि अहिले वीरगंजसम्मको भाडा दोब्बर लिने गरिएको छ । पोखरियादेखि वीरगंजको पावरहाउस चोकसम्म प्रतिव्यक्ति रु ६० भाडा हो तर अहिले १००–१२० रुपैयाँसम्म लिने गरेको यात्रीहरूले गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here