राधेश्याम पटेल, परवानीपुर, ८ असार/
भारतको पश्चिम बङ्गालको कोलकाता बन्दरगाहमा भिजेर रेलमार्गबाट वीरगंजस्थित सुक्खा बन्दरगाहमा आएको करीब ६ हजार मेट्रिकटन डिएपी मल बर्खा लागेसँगै अहिले पनि यार्डमैं भिजिरहेको छ । हालको मूल्य अनुसार २६ करोड मूल्यबराबरको डिएपी मल आव २०७६/७७ को ग्लोबल टेन्डर अनुसार स्वीस सिङ्गापुरले गत वर्ष भदौमा सुक्खा बन्दरगाह पठाएको थियो ।
टेन्डरको शर्त अनुसार जबसम्म सामान कृषि सामग्रंी कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनको गोदामसम्म मल पु¥याइँदैन, तबसम्म निर्यातकर्ताकै जिम्मेवारी हुने भएकोले उक्त मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सुक्खा बन्दरगाहबाट उठाएन । त्यसपछि भन्सार विभागलाई मल के गर्नेबारेमा सुक्खा बन्दरगाहले पत्राचार गरेको थियो । सरकारले भिजेर आएको मल जफत गरी मल नष्ट गर्ने निर्णय गरेपछि नष्ट गर्ने तयारी भइरहेको श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले जानकारी गराए ।
उनका अनुसार मल आयात गर्ने निकाय कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र निर्यातकर्ताका प्रतिनिधिलाई पत्राचार गरेको र केही दिनमैं उक्त मल नष्ट गर्ने तयारी रहेको छ । “हामीले चिठी लेखेर बोलाएका छौं, एक महीनाभित्रै मल नष्ट गर्छौं,” उनले भने । चीनबाट निर्यातकर्ताले खरीद गरेको डिएपी मल कोलकाता बन्दरगाहमा पुग्दा आम्फुन आँधी आउँदा कोलकाता बन्दरगाहको यार्डमा उक्त मलका बोरा भिजेको थियो । भिजेर आएको मलमा ५ हजार मेट्रिकटन साल्ट ट्रेडिड्ढो र १२ सय मेट्रिकटन कृषि सामग्री कम्पनीको रहेको बताइएको छ ।