प्रस, सर्लाही, ८ असार/

सर्लाही जिल्लाको लालबन्दी बजारस्थित मलखादका पसलेहरू पसल बन्द गरेर फरार भएका छन् । मलखाद बिक्री गर्ने पसलको अनुगमन गर्न इलाका प्रशासन कार्यालय हरिवनको टोली पुगेपछि पसल सञ्चालकहरू पसल बन्द गरेर भागेका हुन् ।

बजारस्थित एग्रोभेट, बीउबिजन र मलखाद बिक्री गर्ने पसलहरूको निरीक्षण तथा अनुगमनमा इप्रकाको टोली पुगेको थियो । बजारस्थित मलखाद पसलबाट कालोबजारी हुने गरेको सूचनाका आधारमा अनुगमन टोली बजारमा पुगेको इप्रकाको भनाइ छ ।

अनुगमन टोली बजार पुग्नासाथ व्यापारीहरू आआप्mनो पसलमा ताला लगाएर भागेको इप्रकाका प्रमुख सूर्य दाहालले बताए । एग्रोभेटले २ हजार २ सय रुपैयाँमा पाउनुपर्ने डिएपी मल २ हजार ५ सयभन्दा बढी मूल्यमा बिक्री गरेको सूचना इप्रकाले पाएको थियो । सरकारबाट किसानका लागि पाएको अनुदान रकम पनि पसलेले लिइरहेको भन्ने सूचना आएको प्रशासन प्रमुख दाहालले बताए ।

मलमा कालोबजारी गरेको पाइएपछि केही दिन पहिले जिल्लाको वाग्मती नगरपालिका वडा नं ४ जिरायतमा रहेको एक पसललाई जरिवाना गरिएको थियो । यसअघि पनि जिल्लाका बयलबास, हरिवन, बरहथवा बजारमा अनुगमनको हल्लाले व्यापारीहरू पसल बन्द गरेर फरार भएका थिए । अनुगमनको नाम सुन्ने बित्तिकै व्यापारीहरू फरार हुनुले उनीहरूमा कमीकमजोरी छ भन्ने प्रस्ट भएको स्थनीय नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीको टिप्पणी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here