प्रस, वीरगंज, ७ असार/
वीरगंज महानगरपालिकाको वडा नं ८ र १३ सोमवार पूर्ण खोप वडा घोषणा भएका छन्। महानगरपालिकाको वडा नं ८ मा १६ महीनादेखि ३० महीनासम्मका कुल ५७ जना बालबालिकामध्ये खोप लगाउन १२ जना बाँकी रहेकामा उनीहरूलाई पनि सबै खोप लगाएपछि पूर्ण खोप वडा घोषणा गरिएको छ।

त्यस्तै, वडा नं १३ का १५ महीनामुनिका कुल १०९ बालबालिकामध्ये सबै बालबालिकालाई खोप लगाइसक्नुपर्नेमा ८० जनालाई मात्रै सबै खोप लगाइएको छ। बाँकी रहेका २९ जनालाई पनि खोप लगाएपछि पूर्ण खोप वडा घोषणा गरिएको छ।

सोमवार घोषणा गरिएको दुईवटा वडासहित अहिलेसम्म महानगरपालिकाका १६ वटा वडा पूर्ण खोप घोषणा भइसकेका वीरगंज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुणकुमार महतोले बताए। महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आज दुईवटै वडालाई पूर्ण खोप वडा घोषणा गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here