प्रस, वीरगंज, ७ असार/

परवानीपुर गाउँपालिकाको आठौं गाउँसभा सोमवारदेखि शुरू भएको छ । प्रदेश २ का पूर्वमन्त्री जीतेन्द्र सोनलले गाउँसभाको उद्घाटन गरेका थिए । गापा अध्यक्ष हरिनारायण साहको अध्यक्षतामा सम्पन्न गाउँसभा उद्घाटन सत्रमा गापा उपाध्यक्ष्F सावित्री देवीको तर्फबाट वडाध्यक्ष गजेन्द्र पटेलले गापाको नीति तथा कार्यक्रम र आव २०७८/७९ को लागि रु ३४ करोड ६४ लाख ७८ हजारको बजेट प्रस्तुत गरेका थिए ।

उनले सङ्घीय वित्तीय समानीकरणतर्फ १० करोड ३४ लाख, सङ्घीय राजस्व बाँडफाँडतर्फ ५ करोड ३१ लाख ५८ हजार, सङ्घीय सशर्त अनुदानतर्फ १० करोड १६ लाख, सङ्घीय सरकार समपूरक अनुदानतर्फ ४२ लाख, सङ्घीय सरकार विशेष अनुदानतर्फ १ करोड ६६ लाख, प्रदेश वित्तीय समानीकरणतर्फ ६८ लाख ९५ हजार, प्रदेश सशर्त अनुदानतर्फ ० लाख, प्रदेश समपूरक अनुदानतर्फ २० लाख, प्रदेश विशेष अनुदानतर्फ ३० लाख, आन्तरिक स्रोत अनुमानिततर्फ २ करोड ५० लाख, प्रदेश राजस्व बाँडफाँडतर्फ २५ लाख ८५ हजार, २०७७/७ को नगद मौज्दात २ करोडसहित ३४ करोड ६४ लाख ७८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here