प्रस, ठोरी, ७ असार/

ठोरी गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ । विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा आकर्षित गराउने उद्देश्यले विभिन्न प्राविधिक विषयमा अध्ययनरत चारजना विद्यार्थीलाई गापाले छात्रवृत्ति प्रदान गरेको हो ।

सोमवार एक कार्यक्रमबीच गापा अध्यक्ष पद्मलाल श्रेष्ठले बिएससी सिएसआइटी अध्ययनरत ठोरी गापा–३ का गौरवप्रताप श्रेष्ठ र बिएससी कृषि अध्ययनरत ठोरी गापा–४ का सागर तामाङलाई जनही रु १ लाख छात्रवृत्ति हस्तान्तरण गरे । यसैगरी, अध्यक्ष श्रेष्ठले इन्जिनीयरिङ अध्ययनरत ठोरी गापा–१ का रिजन शर्मालाई प्रदान गर्ने निर्णय भएकोमा पूर्ण छात्रवृत्ति उनकी आमा गोकुलीकुमारी रेग्मीलाई हस्तान्तरण गरिएको थियो ।

दीपनारायण आदर्श नमूना मावि, श्रीपुर, सखुवाप्रसौनीमा अध्ययनरत ठोरी गापा–१ का शर्मा र ठोरी गापा–३ का भुपेश जोशीलाई ३ वर्षे डिप्लोमा तहको सिभिल इन्जिनीयरिङ अध्ययन गर्न लाग्ने सम्पूर्ण शुल्क पालिकाले बेहोर्ने निर्णय भएको गापाका शिक्षा संयोजक भुपालकुमार जोशीले जानकारी दिए ।

पालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका र ठोरीमा नै स्थायी ठेगाना भएका जेहेनदार विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनमा आकर्षण बढाउने पालिकाको नीति अनुसार छात्रवृत्ति वितरण गरिएको गापा अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा वडाध्यक्षहरू सूर्य लामा, बईबहादुर पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, पत्रकार खड्गबहादुर (प्रताप) श्रेष्ठलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here