प्रस, वीरगंज, ७ असार/
पर्साको बहुदरमाई नगरपालिका–३ बदाहाका २३ वर्षीय मुकेश महतो नुनियाले घरमा पासो लगाएर आत्महत्या गरेका छन् ।
गएराति सपरिवार खाना खाई सुतेका मुकेश महतोले पासो लगाइ झुन्डेर आत्महत्या गरेको मृतकका परिवारजनले बताए । घरमा कसैसँग कुनै विवाद नरहेको र महतोले एक्कासि पासो लगाइ आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
अस्थायी प्रहरी चौकी डोकैला बहुअरीको टोली घटनास्थलमा पुगेको थियो ।