प्रस, वीरगंज, ७ असार/
वीरगंजलस्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एकजना सिपाहीले आत्महत्याको प्रयास गरेका छन् । आफैंले बोकेको एन–१६ राइफलबाट आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ ।
गएराति करीब साढे ८ बजे पर्सा जिल्ला पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबूप्रसाद चौहानले ब्यारेकभित्रै पोस्टमा खटेको बेला आत्महत्याको प्रयास गरेका हुन् ।
अचानक गोली पड्केको आवाज सुनेर अन्य सिपाहीहरू गएर हेर्दा चौहानले चिउँडोमुनिबाट आफूलाई गोली हानेका थिए । सो गोली चौहानको आँखामुन्तिरबाट निस्किएको थियो । घाइते चौहानलाई नारायणी अस्पतालमा लगी प्रारम्भिक उपचार गरी नेशनल मेडिकल कलेज वीरगंजमा लगिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
घटना भएको केहीबेरमैं अस्पताल लगिएको हो, रक्तश्राव धेरै भएको छैन ।
मुख, दाँत र नाकमा चोट छ, अवस्था गम्भीर नै छ,” प्रनाउ कुँवरले भने । उनी आफैंलाई गोली हान्ने अवस्थामा किन पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ कुँवरले बताए ।