प्रस, वीरगंज, ६ असार/
समर्पण सेवा संस्था, साहिब दरबार सेवा संस्थान, स्टार मार्बल र स्टेशनरी प्रालिले संयुक्तरूपमा आयोजना गर्दै आएको निश्शुल्क भोजन कार्यक्रम सोमवार असार ७ गतेदेखि स्थगित गर्ने जनाएको छ ।
साहिब दरबार सेवा संस्थानका महासचिव उमेशलाल सहनीले विज्ञप्ति जारी गर्दै वैशाख २३ गतेदेखि बिहान र बेलुका दुई समय निश्शुल्क भोजन गराउँदै आएकोमा हाल परिस्थिति अनुकूल बन्दै गएको हुँदा निश्शुल्क भोजन कार्यक्रम तत्काललाई स्थगित गरिएको बताए ।
उनले दोस्रो कोरोनाकालमा ४६औं दिनसम्म निश्शुल्क भोजन गराएको र परिस्थिति प्रतिकूल भएको खण्डमा पुनः भोजन कार्यक्रम सुचारु गर्ने प्रतिबद्धतासहित तत्काललाई निश्शुल्क भोजन कार्यक्रम स्थगित गरिएको बताए ।