प्रस, वीरगंज, ६ असार/

      सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई युवा सङ्घ पर्सा र बाराले खाद्यान्न सहयोग पठाएको छ । २०० बोरा चामल, चाउचाउ, बिस्कुट, औषधिलगायतका सामग्रीहरू सिन्धुपाल्चोकको लागि पठाइएको युवा सङ्घ नेपालका सचिव अरुण यादवले बताए ।

युवा सङ्घ पर्सा र बाराका पदाधिकारीहरू र केही समाजसेवीहरूबाट सङ्कलित सामग्री सिन्धुपाल्चोकका बाढीपहिरो पीडितहरूको लागि पठाइएको सचिव यादवले बताए ।

युवा सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्यहरू अनिल पटेल, सञ्जु चौधरी, आलमगिर अन्सारी, रवि गुप्ता, बाराका अध्यक्ष भुपेन्द्र साह, कलैया नगर अध्यक्ष हरिओम गुप्तालगायतले हिजो एक ट्रकमा राखेर सो सामग्री सिन्धुपाल्चोक पठाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here