प्रस, जनकपुरधाम, ६ असार/

      आइतवारको रिपोर्ट अनुसार धनुषा जिल्लामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले पछिल्लो अवस्थाबारे जानकारी गराएको हो ।

      आइतवार थपिएको १० जनासमेत धनुषामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५४९ पुगेको छ भने कोरोनालाई जितेर आइतवार निको हुनेको सङ्ख्या शून्य रहेको जिप्रकाले जनाएको छ । आइतवार ४७ जनाले पिसिआर परीक्षण गराएका थिए । धनुषाका सङ्क्रमितमध्ये ५० जना होम आइसोलेशनमा बसेर उपचार गराइरहेका छन् । यसैगरी, अस्पतालको आइसियूमा १७ जना सङ्क्रमितको उपचार भइरहेको छ । हाल भेन्टिलेटरमा कोही पनि नरहेको जिप्रकाले सञ्चारकर्मीलाई जानकारी गराएको छ ।

      हालसम्म यस जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ । धनुषामा स्वास्थ्य पूर्वाधार अन्तर्गत ३९ वटा अस्पताल छन् । सबै अस्पतालको एकमुस्ट गर्दा जम्मा शøया सङ्ख्या ६३२, आइसियूको सङ्ख्या ८३ र भेन्टिलेटरको सङ्ख्या २१ रहेको जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here