प्रस, ठोरी, ६ असार/

      वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत पर्ने ठोरी गाउँपालिका–४  गोपीबस्तीनजीकै शनिबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजना युवकको मृत्यु भएको छ भने अर्का एकजना युवक घाइते भएका छन् ।

      हिजो साँझ ७ बजे पानी परिरहेको समयमा मालीबस्तीबाट विजयबस्तीतर्पm गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट गोपीबस्तीतर्फ आउँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किंदा ठोरी गापा–४ विजयबस्तीका करण महतो र गोपीबस्तीका हर्क लामा गम्भीर घाइते भएका थिए । घाइतेमध्ये महतोको उपचारको क्रममा आइतवार मृत्यु भएको विजयबस्ती प्रहरी चौकीले जनाएको छ ।

      ना.७प ८८९३ र ना.४५प ८१६० नम्बरको मोटरसाइकल नेवा पेट्रोल पम्पदेखि करीब २ सय मिटर पूर्व हुलाकी सडकमा दुर्घटना भएको थियो ।  दुर्घटनामा ना.७प ८८९३ नम्बरको मोटरसाइकलमा सवार २६ वर्षीय महतोको घुँडा र छातीमा गम्भीर चोट लागेको थियो भने अर्का मोटरसाइकल चालक ३१ वर्षीय लामाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

     घाइते दुवैजनालाई उपचारका लागि वीरगंज पठाइएकोमा उपचारको क्रममा महतोको मृत्यु भएको हो । हुलाकी सडक निर्माण भएयता वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत पर्ने मालीबस्तीदेखि विजयबस्ती सडकखण्डमा सवारी दुर्घटना हुने क्रम बढ्न थालेको छ । गत चैत २८ गते पनि गोपीबस्तीका चारजना युवालाई सोही सडकखण्डमा मोटरसाइकलले ठक्कर दिंदा दुईजना युवाको मृत्यु भएको थियो । सडक सुधार भएसँगै यो क्षेत्रमा सवारीसाधन अत्यधिक तीव्र गतिमा हाँक्ने गरिएको कारण बेलाबखत दुर्घटना भइरहन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here