प्रस, पंचगाँवा, ५ असार/
सडक क्षमताभन्दा बढी लोड लिएर टिपर–ट्याक्टरबाट गिट्टी, बालुवा, ढुङ्गा ओसारपोसार गर्दा पर्साको ग्रामीण क्षेत्रका सडकहरू बिग्रिने क्रम जारी छ। सखुवाप्रसौनी गाउँपालिका–२ प्रसौनी–गुलरियामा रहेको पुल भत्केको छ।

यसैगरी, पटेर्वासुगौली गापा–४ सुगौलीदेखि भतौंडासम्म र उत्तर सुगौलीदेखि पटेर्वा डेकुलीलगायतका क्षेत्रका सडकहरू भत्किएका छन्। सडक क्षमताभन्दा बढी टिपर–ट्याक्टरबाट नदीजन्य पदार्थको ढुवानी हँुदा सडकहरू भत्किएका हुन्।

वर्षाले केही ठाउँका सडक भत्काएको छ भने अधिकांश ठाउँमा टिपर–ट्याक्टरको ओभरलोडले सडकहरू भत्किएका छन्।
पटेर्वासुगौलीका शिक्षक सुभाषप्रसाद दास थारूले स्थानीय पालिकाको लापरवाहीका कारण सडकको यो दुर्दशा भएको बताए। उनले पालिकाले सडक क्षमता अनुसार आफ्नो क्ष्Fेत्रमा सवारीसाधन सञ्चालन गराउनुपर्नेमा जथाभावी बढी भार बोकेर सवारीसाधनहरू सञ्चालन हँुदा सडकहरू भत्किएको आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here