प्रस, वीरगंज, ५ असार/
पकहामैनपुर गाउँपालिकामा सचेत युवा समाज नेपाल र नेपाल हेल्थ क्लबको संयुक्त आयोजनामा सम्पन्न आकस्मिक रक्तदान कार्यक्रममा चारजना महिलासहित सयजनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए।
गाउँपालिकाको सहयोगमा रामचरित्र भगत माविमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गापा प्रमुख विजय चौरसियाले गरेका थिए।
रक्तदान कार्यक्रममा सीता जैसवाल, सरिता मण्डल, सुनीता देवी, सविता देवी, अखिलेश पटेल, नीरज चौहान, विकास गुप्ता, जीतेन्द्र साह, मनोज पटेल, लक्ष्मी दास, रवि मेहता, बलिराम सहनी, दीपक कुशवाहा, भूषण यादव, कृष्ण चौहान, धनञ्जय गुप्ता, पप्पु साह, विजय सहनी, सद्दाम हुसैनलगायतले रक्तदान गरेको प्रFविधिक प्रमुख पाण्डेले बताए।
कार्यक्रममा गापा उपप्रमुख कुसुमी देवीलगायतको सहभागिता थियो।