प्रस, वीरगंज, ३ असार/
वीरगंज–रक्सौल मुख्य प्रवेशद्वारको अवस्था झनै भद्रगोल छ। वैशाख १६ गतेदेखि पर्सा जिल्लामा निषेधाज्ञा जारी भएपछि यो नाकाबाहेक जिल्लाका सबै नाका बन्द गरिएको छ।

यो नाकाबाट आवतजावत गर्नेहरूको स्वास्थ्य सुरक्षा जाँच गर्ने, उनीहरूको विवरण राख्ने जस्ता कार्यहरू पहिलो चरणमा गरिए पनि अहिले त्यहाँ त्यस्तो केही भइरहेको छैन। रक्सौलबाट वीरगंज आउनेहरू मुख्य नाका भएर कमै प्रवेश गरिरहेका छन्। प्रायः सबै चोर बाटो आवागमन गरिरहेका छन्।

मुख्य नाकाबाट आउनेहरूको स्वास्थ्य परीक्ष्Fण गर्ने, उनीहरूको विवरण राख्ने र अनिवार्यरूपमा क्वारेन्टाइनमा बस्नुपर्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरे पनि अहिलेसम्म यो नाका भएर आउनेहरूलाई क्वारेन्टाइनमा राखिएको छैन।

थर्मलगनबाट ज्वरो नाप्ने र एन्टिजेनबाट कोरोना परीक्षण गर्ने कार्य पहिलो चरणमा गरिए पनि अहिले त्यस्तो केही भइरहेको छैन। सशस्त्र प्रहरी र नेपाल प्रहरीको युनिटसहित त्यहाँ स्वास्थ्यकर्मीहरू राखिएका छन् तर आवतजावत गर्नेहरूलाई अहिले सोधपूछ मात्रै गरेर छाडिंदै छ।

सुरक्षाकर्मीहरूको मूडको आधारमा मोटरसाइकल आवतजावतमा कहिले रोक लगाउने र कहिले छुट दिइने कार्य भइरहेको छ। सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरूले नाका भएर रक्सौलबाट हालका दिनमा नगन्य मानिसहरू प्रवेश गर्ने गरेको र भारत जाने गरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here