प्रमोद यादव, पंचगावाँ, ३ असार/
पर्साको ग्रामीण क्षेत्रमा एनसेल र नेपाल टेलिकमको इन्टरनेटमा समस्या भएको छ।
मोबाइलमा डाटा प्याक लिएर इन्टरनेट चलाउँदा नचल्ने गरेको स्थानीयवासीले गुनासो गरेका छन्। नेपाल टेलिकम र एनसेनका ग्राहक सेवा केन्द्रलाई यसबारेमा जानकारी गराउँदा वर्षाको कारण इन्टरनेट सेवा अवरुद्ध भएको बताइयो।
सखुवाप्रसौनी गाउँपालिका–२ पंचगावाँका शम्भु यादवले सखुवाप्रसौनी, ठोरी, पटेर्वासुगौली, पर्सागढी, जीराभवानी, जगरनाथपुरमा इन्टरनेट नचल्दा समस्या भएको बताए। एनसेल र नेपाल टेलिकमका कर्मचारीलाई यसबारेमा जानकारी गराउँदा बेवास्ता गरेको पटेर्वासुगौली गाउँपालिका–३ का मुना तिवारीले आरोप लगाए।