प्रस, वीरगंज, ३ जेठ/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले बिहीवार साँझ सातजना सङ्क्रमित थपिएको जनाएको छ। अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ६३ जनाको स्वाब परीक्षण गर्दा ७ जना सङ्क्रमित थप भएको बताए।

पर्साका तीन, बारा र सर्लाहीका दुई/दुई जना गरी सातजना सङ्क्रमित थपिएका र उनीहरूको उमेर २३ देखि ६० वर्ष रहेको र सिटी भ्यालू १४–३५ रहेको डा सिंहले जानकारी गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here