प्रस, जनकपुरधाम, ३ असार/
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा एक सय शøयाको कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ। सो अस्पताल प्रदेश सरकारले सञ्चालनमा ल्याएको हो।

मुजेलियास्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवनलाई मरम्मतसम्भार गरी मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहनेगरी कोभिड विशेष अस्पताल सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ। बिहीवार आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबूराउत गद्दी र सामाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्तरूपमा अस्पताल उद्घाटन गरेका हुन्।

कार्यक्रममा मुख्यमन्त्री गद्दीले अस्पताल सञ्चालनमा आएपछि यस क्षेत्रका कोरोना सङ्क्रमितले उपचारकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास प्रकट गरेका छन्। उनले प्रतिष्ठानले कोरोना सङ्क्रमितको उपचार शुरू गरिसकेको भन्दै अन्य विशेषज्ञ सेवाहरू पनि छिट्टै शुरू गर्ने बताए।

उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री साहले प्रतिष्ठान प्रदेश सरकारको गौरवको योजना रहेको भन्दै स्वास्थ्य उपचारका क्षेत्रमा मुलुककै नमूना बनाइने बताए। प्रतिष्ठानले यसै शैक्षिक सत्रदेखि विपिएच, बिएन, बिएमएलटीलगायतको अध्यापन शुरू गर्ने मन्त्री साहले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here