प्रस, सेढवा,२ असार/
लगातारको वर्षाले पर्सेली किसानहरू चिन्तित भएका छन्। किसानहरूले अगहनी धानको बीउ राखिसकेपछि निरन्तरको वर्षाले क्षति पु–याएको छ।

कतिपय किसानले पहिलोपटक लगाएको बीउ बिग्रिएपछि फेरि लगाउने तयारीमा जुटेका छन्। जगरनाथपुर गापा–१ का किसान रमेश थारूले पहिलोपटक लगाएको बीउ पानीले क्षति भएर नउम्रिंदा दोस्रोपटक लगाउनुपरेको बताए। तर दोस्रोपटक बीउ छर्ने बित्तिकै लगातार पानी परेर पुनः समस्या दोहोरिने आशङ्काले उनलाई चिन्तित बनाएको छ।

महँगोमा बीउ खरीद गरेर दोस्रोपटक रोप्नुपर्दा आर्थिक भार बढेको उनको भनाइ छ। पानीको कारण थुप्रै किसानले लगाएको बीउ उम्रेको छैन, जसले गर्दा धानबाली प्रभावित हुने किसानहरू बताउँछन्। पानीकै कारण किसानहरूले धान रोपाइँको लागि खनजोत गर्न सकेका छैनन्।

जीराभवानी गापा–२ सेढवाका पतिराम महतोले गहुँ भिœयाएपछि एकपटक पनि जोताइ गर्न नसकेको बताए। खेत खनजोत गर्न नसक्दा झारपात उम्रिएको उनको भनाइ छ। पानी जमेको खेतमा ट्याक्टरबाट जोताइ गर्दा धेरै समय र पैसा खर्च हुने उनले बताए। किसानहरूले खेत खनजोत नभएकोले जमीनभित्र रहेका विभिन्न कीटाणु जमीनमैं बसेका र जमीन सुकेर खुकुलो नहुँदा बालीमा विभिन्नखाले रोग लाग्ने सम्भावना बढी हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here