प्रस, सेढवा, २ असार/
जीराभवानी गाउँपालिकाले आफ्ना सवारीसाधनहरूमा जिपिएस जडान शुरू गरेको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले लागू गरेको जिपिएस जडान कार्यलाई जीराभवानी गापाले शुरू गरेको हो। गापा अन्तर्गत रहेका एक्साभेटर, टिपर, ट्याक्टर, एम्बुलेन्स, कार तथा मोटरसाइकलमा जिपिएस जडान भइरहेको जीराभवानी गापाका सरोज दासले बताए। सवारीसाधन दुर्घटना, चोरी तथा कर्मचारी, जनप्रतिनिधिबाट सरकारी गाडीको दुरुपयोग नियन्त्रणको लागि इन्टरनेट प्रणाली जिपिएस लागू गरिएको हो। जिपिएस जडान भएका गाडी कहाँ सञ्चालन भइरहेका छन् भन्नेबारेमा इन्टरनेटमार्फत सम्बन्धित निकायले निगरानी गर्न सक्छ।

जीराभवानीमा जिपिएस जडानको जिम्मा पाएका इफास्ट ट्र्याक सोल्युशनका सन्तोष तामाङले सरकारले सरकारी सङ्घसंस्था तथा निजी सवारीसाधनमा जिपिएस जडान गर्ने नीति रहेको बताए। उनले जीराभवानीबाट यो कार्य शुरू भएपनि जिल्लाका सबै पालिकामा लागू हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here