भारतमा कोरोना खोपको अभावलाई देखेर एशियन इन्स्टिच्युट अफ गेस्ट्रोएन्ट्रोलोजी (एआइजी) अस्पतालका प्रमुख डा डि नागेश्वर रेड्डीले भनेका छन्, “खोपको प्रयोग सावधानी र समझदारीपूर्वक गर्नुपर्छ। जो व्यक्ति कोभिड–१९ बाट निको भएका छन्, उनीहरूको लागि १२ महीनासम्म कोभिशिल्डको एउटा खुराकले काम गर्छ।”

एआइजीद्वारा गरिएको शोध इन्टरनेशनल जनरल अफ इन्फेक्शियस डिजिजमा प्रकाशित भएको छ। डा रेड्डीले यसको जानकारी साझा गरेका छन्। यस शोधमा उनले अस्पतालका कर्मचारीलाई दुई अलग–अलग समूहमा बाँडेर उनीहरूलाई खोपको खुराक दिएका थिए। यसमध्ये एउटा समूहमा कोरोना सङ्क्रमित नभएकाहरू सामेल थिए भने अर्को समूहमा सङ्क्रमितहरू सामेल थिए। खोपमाथि अहिलेसम्म थुप्रै शोध भइसकेको छ।

यी सबै शोधमा अन्तर्राष्ट्रियस्तरमा मूल्याङ्कन र विश्लेषण पनि गरिएको छ। केही समय पहिले एउटा रिपोर्टमा भनिएको थियो– कोभ्याक्सिनको तुलनामा कोभिशिल्डले शरीरभित्र बढी एन्टिबडी निर्माण गर्छ, जसले हाम्रो इम्युन सिस्टम बलियो हुन्छ र शरीरले भाइरससँग लड्न मदत पाउँछ।

तर यस रिपोर्टमा कोभ्याक्सिन बनाउने कम्पनीको बयान जारी गरिएको थियो, ‘यस प्रकारको तुलनात्मक अध्ययनको कुनै वैज्ञानिक आधार छैन। यद्यपि रिपोर्टमा यो स्पष्ट गरिएको थियो कि भारतमा निर्मित दुवै खोप भाइरसमाथि प्रभावकारी छ। यहाँ यो कुरा ध्यानमा राख्नुपर्छ कि खोपको खुराकलाई लिएर दुनियाँभरि मन्थन भइरहेको छ। त्यस्तै, भारतमा कोभिशिल्डको दुई खुराकको बीच अन्तर बढाएर १२ साता गरिएको छ। तर कोभ्याक्सिनमाथि यो लागू भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here