प्रस, वीरगंज, १ असार/
नगरप्रमुख विजयकुमार सरावगीले गैरसरकारी संस्थाहरूलाई परिणाममुखी कार्यक्रम गर्न सुझाव दिएका छन्।

वीरगंज महानगरपालिकाको सभाकक्षमा आयोजना गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले सरकारी तथा गैरसरकारी संस्थाहरूको कार्यक्रमबाट आंशिक प्रतिफल प्राप्त भएको भन्दै अब ठोस परिणाम ल्याउन सुझाव दिएका हुन्।

उपप्रमुख शान्ति कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहभागी सरोकारवालाहरूले महानगरले संस्थाभन्दा व्यक्तिलाई हेरेर काम गरिरहेको गुनासो गरे। उनीहरूले गैरसरकारी संस्था, सामुदायिक संस्था, नागरिक समाजसँग समन्वय गरी अगाडि बढ्ने नीति अनुसार कार्यक्रम आयोजना गरिएको बताए।

सो अवसरमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनासम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्देश्य, कानूनी व्यवस्था तथा बजेट र सोको आधारमा कार्यान्वयनबारे प्रस्तुति गरिएको थियो।

सामाजिक शाखाका मुकेश गुप्ताले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरणसम्बन्धी शिविर सञ्चालन गर्ने बताए। ३२ वटै वडाका २ लाख २६ हजार २७३ जनाको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना डिजिटाइजेशन गरेर प्रत्येक वडामा पायक पर्ने ठाउँमा शिविर सञ्चालन हुने बताए। महानगरले गैरसरकारी संस्थाहरूको गाउँघरमा पहुँच भएको र उनीहरूसँग सहकार्य गरेर सूचना प्रवाह गर्न सजिलो हुने हुँदा सोही लक्ष्य अनुरूप कार्यक्रमको आयोजना गरिएको थियो।

उद्घाटन समारोहमा प्रशासकीय अधिकृत प्रदीप निरौला, स्वास्थ्य तथा सामाजिक महाशाखाका प्रमुख अरुण महतो, विभिन्न १६ वटा संस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिहरूको सहभागिता थियो। आज १६ वटा वडा र भोलि बाँकी १६ वटा वडाको सहभागितामा कार्यक्रम गरिने सामाजिक शाखाका गुप्ताले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here