प्रस, वीरगंज, २८ जेठ/

वीरगंजमा पाँचवटा राजनीतिक दलसँग आबद्ध विद्यार्थी सङ्गठनहरू शैक्षिक सुधारका लागि एकजुट भएका छन्।

एकजुट हुनेमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी सङ्गठन छन्। अखिलका केन्द्रीय सदस्य हेमन्त तामाड्ढो अध्यक्षतामा शुक्रवार बसेको संयुक्त बैठकले नेविसङ्घ पर्साका अध्यक्ष विकाश तिवारीको संयोजकत्वमा २५ सदस्यीय सङ्घर्ष समिति बनाएको छ।

समितिको सहसंयोजकमा अखिल क्रान्तिकारी पर्साका संयोजक कविराज पटेल छन्। कोरोना सङ्क्रमणको बेलामा ठप्प रहेको शैक्षिक क्षेत्र चलायमान बनाउन, विद्यार्थीहरूको हकमा आवाज उठाउन र शिक्षालाई विकृततर्फ उन्मुख गरिरहेका माफियाविरुद्ध ऐक्यबद्ध भएर आवाज उठाउनको लागि सङ्घर्ष समिति निर्माण गरिएको अखिलका केन्द्रीय सदस्य तामाङले बताए। उनले विद्यार्थी सङ्गठनहरूले छुट्टाछुट्टैरूपमा काम गर्नुभन्दा एकीकृत भएर काम गर्दा प्रभावकारी हुने भएकोले विद्यार्थी सङ्गठनहरू एकताबद्ध भएर अगाडि बढ्न सहमत भएको बताए।

बैठकमा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य सुजीत गिरी, अखिल पर्साका संयोजक रेयाज अन्सारी, विशाल सर्राफ, नेविसङ्घका केशव मिश्र, एजाज आलम, मेराजुल हवारी, फिरोज बादशाह, सन्दीप विक्रम शाह, पूर्व विद्यार्थी नेता रामकिशोर सिंह, शिवजी गुप्ता, प्रभाकर गुप्ता, मनोज साहलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here